खाेज्नुहाेस

सुदूरपश्चिममा दोब्बरले बढ्यो सवारी दुर्घटना, मृतकको संख्या पनि धेरै

Image

अत्तरिया – सुदूरपश्चिममा सवारी नियम उलंघन गर्नेको संख्यामा ब्यापक बृद्धि भएको छ । आर्थिक वर्ष ०७६/०७७ भन्दा गत वर्ष सवारी नियम उलंघन गर्नेको संख्या २२ हजार नौं सय ३६ ले बढी छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार गत वर्ष ७९ हजार ८९ सवारी साधन कारवाहीमा परेको जनाएको छ । सवारी नियम उलंघन कारवाहीबाट चार करोड ५७ लाख ६७ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

attariya hospital

आर्थिक वर्ष ०७६/०७७ मा ५६ हजार एक सय ५३ सवारी कारवाहीमा परेका थिए । सोबाट तीन करोड ३१ लाख ९९ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको थियो ।

गत वर्षमा सवारी साधन कारवाहीबाट चार करोड बढी राजश्व संकलन भएको छ । आर्थिक बर्ष २०७७–०७८ मा ४ करोड ५७ लाख ६७ हजार राजश्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

navjiwan hospital

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत वर्ष सबैभन्दा बढी मोटरसाइकल कारवाहीमा परेको छ । सो अवधिमा २९ हजार दुई सय ८३ मोटरसाइकल कारवाहीबाट एक करोड ६९ लाख ४३ हजार पाँच सय रुपैया राजश्व संकलन भएको छ ।

१८ हजार दुई सय २४ जिप/कार कारवाहीबाट एक करोड ४० हजार, १४ हजार दुई सय ६९ ट्रक कारवाहीबाट ८५ लाख २० हजार पाँच सय, ११ हजार सात सय ५८ ट्रयाक्टर कारवाहीबाट ६९ लाख ६९ हजार, दुई हजार आठ सय ४३ बस कारवाहीबाट १७ लाख ५९ हजार पाँच सय र दुई हजार सात सय १२ अन्य सवारी साधन कारवाहीबाट १५ लाख ३४ हजार पाँच सय राजश्व संकलन भएको जनाइएको छ ।

सुदूरपश्चिममा सवारी नियम उलंघन गर्नेको संख्या बढेसंगै सवारी दुर्घटना समेत बढेको तथ्यांकले देखाएको छ । सुदूरपश्चिम प्रदेशमा गत आर्थिक बर्षमा सवारी दुर्घटनामा एक सय ८७ जनाले ज्यान गुमाएका छन् ।

गत आर्थिक बर्षमा सुदूरपश्चिममा भएका ७ सय ८३ सवारी दुर्घटनामा एक सय ८७ जनाले ज्यान गुमाएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनमा पाँच सय ८७ जना गम्भिर पाँच सय नौं जना सामान्य घाईते भए ।

आर्थिक बर्ष ०७६/०७७ मा तीन सय ८६ सवारी दुर्घटना भएको थियो । सो अवधिमा सवारी दुर्घटनामा परी एक सय ४३ जनाले ज्यान गुमाएका थिए ।

जुन आर्थिक वर्ष ०७६/०७७ भन्दा आर्थिक वर्ष ०७७/०७८ मा तीन सय ९७ बढी सवारी दुर्घटना हो । सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या पनि आर्थिक वर्ष ०७६/०७७ भन्दा आर्थिक वर्ष ०७७/०७८ मा ४४ जना बढी हो ।