खाेज्नुहाेस

सिंहदरबारमा प्रधानमन्त्री शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

Image

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल जारी छ ।

navjiwan hospital

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार बिहान ११ बजेदेखि सुरु भएको छलफलमा सुदूरपश्चिम प्रदेशको विकास, बजेट कार्यान्वयन तथा विद्यमान राजनीतिक अवस्थाका विषयमा कुराकानी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

attariya hospital

प्रधानमन्त्री शाहसँगको भेटवार्तामा सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरि मोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी छन् ।