खाेज्नुहाेस

ट्रम्प प्रशासनविरुद्ध २५ राज्यको मुद्दा

Image

वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विभिन्न व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा लगाएको नयाँ दोहोरो अंकको महसुलविरुद्ध २५ वटा डेमोक्रेटिक नेतृत्वमा रहेका अमेरिकी राज्यले अदालतमा मुद्दा दायर गरेका छन्।

navjiwan hospital

राज्यहरूले ट्रम्पले महसुल लगाउने आफ्नो कानुनी अधिकार नाघेको र सर्वोच्च अदालतले गैरकानुनी ठहर गरेको पुरानो महसुललाई नयाँ कानुनी आधारको आवरणमा पुनः लागू गर्न खोजेको आरोप लगाएका छन्।

attariya hospital

सोमबार अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतमा दायर गरिएको मुद्दा गत महिना ६० व्यापारिक साझेदारमाथि लगाइएको नयाँ महसुलविरुद्ध हो। अमेरिकी प्रशासनले ती देशहरूले जबरजस्ती श्रमबाट उत्पादित वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै नयाँ महसुल लगाएको बताएको छ।

मुद्दा दायर गर्ने राज्यमा न्यूयोर्क र ओरेगनलगायत राज्य छन्। ती राज्यका महान्यायाधिवक्ता वा गभर्नरहरू डेमोक्रेटिक पार्टीसँग आबद्ध छन्। राज्यहरूले नयाँ महसुल तत्काल रोक्न र त्यसलाई गैरकानुनी घोषणा गर्न अदालतसँग माग गरेका छन्।