अत्तरिया – गोदावरी आविष्कार केन्द्र (GiC) को आयोजनामा केदार इन्टरनेशनल पब्लिक स्कुल, मालाखेतीमा नवौँ छुकछुके रोबोट निर्माण कार्यशाला–२०८३ सुरु भएको छ। श्रावण १५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने चार दिने कार्यशालामा कक्षा ६ देखि ८ सम्मका ३० जना छनोट भएका विद्यार्थीहरू सहभागी भएका छन्।

कार्यशालाले विद्यार्थीहरूमा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणित (STEAM) शिक्षाप्रति रुचि बढाउने लक्ष्य राखेको छ। विद्यालयका प्रधानाध्यापक लोक खत्री विद्यालयमा नव प्रवर्तनात्मक तथा प्रयोगात्मक सिकाइलाई विशेष प्राथमिकता दिदे कार्यशाला आयोजना गरिएको बताए ।

कार्यशालामा सहभागी विद्यार्थीहरूले ३डी डिजाइन, मेकानिकल एसेम्बली, भर्नियर क्यालिपर प्रयोग, इलेक्ट्रोनिक सर्किट निर्माण, ESP8266 प्रोग्रामिङ तथा छुकछुके रोबोट निर्माण सम्बन्धी व्यावहारिक ज्ञान तथा सीप हासिल गर्नेछन्। कार्यक्रमको अन्तिम दिन विद्यार्थीहरूले तयार गरेका रोबोटहरूको प्रदर्शन तथा रोबोट फुटबल प्रतियोगिता समेत आयोजना गरिनेछ।
कार्यशालामा इन्जिनियर सम्राट भट्टले प्रशिक्षकको रूपमा सहजीकरण गरिरहेका छन ।



















