खाेज्नुहाेस

मोदी बने भारतमा सबैभन्दा लामो समय शासन गर्ने निर्वाचित प्रधानमन्त्री

Image

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बन्ने रेकर्ड कायम गरेका छन् । २६ मे २०१४ मा प्रधानमन्त्रीको रूपमा शपथ लिएका मोदीले आज (बुधबार) ४ हजार ३९९ दिनको कार्यकाल पूरा गरेका हुन् । यो प्रधानमन्त्रीको रूपमा मोदीको लगातार तेस्रो कार्यकाल हो ।

navjiwan hospital

भारतीय सञ्चार माध्यमहरूका अनुसार यसअघि, यो रेकर्ड पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूको नाममा थियो, जसले ४ हजार ३९८ दिनसम्म यो पद सम्हालेका थिए ।

attariya hospital

१५ अगस्ट १९४७ मा भारतको स्वतन्त्रतापछि जवाहरलाल नेहरू प्रधानमन्त्री नियुक्त भएका थिए । उनले १५ अगस्ट १९४७ देखि १३ मे १९५२ सम्म कुल १७३२ दिन प्रधानमन्त्रीको रूपमा सेवा गरे। यसपछि, १९५२ मा पहिलो आम चुनाव भयो । कांग्रेस सत्तामा आयो । संसदीय दलले नेहरूलाई आफ्नो नेताको रूपमा निर्वाचित गर्‍यो। त्यसपछि नेहरूले मे १३, १९५२ देखि मे २७, १९६४ सम्म लगातार कार्यकालको लागि निर्वाचित प्रधानमन्त्रीको रूपमा सेवा गरे। यो कार्यकाल ४३९८ दिनसम्म चल्यो । यसरी, मोदीले सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्रीको रूपमा नेहरूलाई उछिनेका हुन् ।

यस अवसरमा मोदीले इन्स्टाग्राममा एक पोस्ट साझा गरेका छन्, जसमा उनले लेखेका छन्, ‘सार्वजनिक सेवा सुशासनको सबैभन्दा ठूलो परीक्षा हो । नम्रता, समर्पण र भक्तिका साथ निरन्तर काम गर्ने व्यक्तिले मात्र जनताको विश्वास कमाउँछ।’