खाेज्नुहाेस

दिल्लीको एक रेस्टुरेन्टमा आगलागी हुँदा १० जनाको मृत्यु

Image

भारतको राजधानी दिल्लीमा बुधबार बिहान एउटा रेस्टुरेन्टमा भीषण आगलागी हुँदा १० जनाको मृत्यु भएको छ। दिल्लीको मालवीय नगरस्थित पाँच तल्ले भवनमा सञ्चालित ‘लेमन ग्रीन’ नामक रेस्टुरेन्टमा सो आगलागी भएको हो।

navjiwan hospital

दिल्ली अग्नि नियन्त्रक सेवाका अनुसार बिहान १० बजेतिर आगलागीको खबर प्राप्त भएको थियो। आगलागी लगतै घट्नास्थलमा पुगेका १० वटा दमकलको सहायताले भवनमा लागेको आगो नियन्त्रणमा लिइएको छ। आगो नियन्त्रणसँगै उद्धार टोलीले रेस्टुरेन्टको बेसमेन्टबाट गम्भीर अवस्थामा रहेका मानिसहरूलाई उद्धार गरेको थियो, जसमध्ये १० जनाको ज्यान गइसकेको छ। बेसमेन्टबाटै जीवितै उद्धार गरिएका अन्य तीन जनालाई उपचारका लागि तत्काल अस्पताल भर्ना गरिएको छ।

attariya hospital

स्थानीय प्रत्यक्षदर्शीका अनुसार भवनको भुइँ तल्लाबाट आगो सल्किएको थियो। भुइँ तल्लामा लागेको आगोका कारण त्यहाँका सिसाहरू फुटेपछि आगो तीव्र गतिमा बेसमेन्टतर्फ फैलिएको थियो, जसका कारण बेसमेन्टमा रहेका मानिसहरू बाहिर निस्कन नपाई भित्रै थुनिएका थिए। प्रारम्भिक अनुसन्धानमा विद्युत सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने आशंका गरिएको छ। घट्नास्थलमा अहिले पनि उद्धार कार्य जारी रहेको छ।