खाेज्नुहाेस

शुक्रबार एकै दिन पाँच नयाँ फिल्म प्रदर्शनमा आउँदै

Image

काठमाडौं– वैशाख २५ गते शुक्रवार घरेलु बक्स अफिसमा झण्डै आधा दर्जन नयाँ स्वदेशी तथा विदेशी फिल्महरुबीच दर्शकलाई आकर्षित गर्ने प्रतिस्पर्धा हुने भएको छ । यो विकेण्डमा पाँच वटा नयाँ तथा केही पुराना फिल्मले सिनेमा हलमा दर्शकको प्रतिक्षा गरिरहेका हुनेछन् ।

नेपाल भरका क्यूएफएक्ससहितका सिनेमा हलहरुमा भोलि शुक्रवारदेखि विभिन्न नेपाली, बलिउड तथा हलिउड फिल्महरु प्रदर्शनमा आउने भएका हुने । सामाजिक कथा, पारिवारिक भावना, पौराणिक कथा तथा एक्सनले भरिएका फिल्महरूले दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएको छ ।

attariya hospital
navjiwan hospital

यो साता प्रदर्शनमा आउने फिल्महरूमा नेपाली फिल्महरु ‘मालती मंगले’, ‘लालीबजार’ तथा ‘गुरु आमा’ रहेका छन् । यी नयाँ–नयाँ फिल्महरुले नेपाली समाज, सम्बन्ध तथा संघर्षका विविध पाटाहरू प्रस्तुत गर्ने जनाइएको छ ।

त्यसैगरी धार्मिक तथा पौराणिक कथामा आधारित भारतीय फिल्म ‘कृष्णभारतम’ पनि प्रदर्शनमा आउँदैछ । भगवान कृष्णको जीवनसँग सम्बन्धित कथावस्तु समेटिएको यो फिल्मप्रति धार्मिक तथा पारिवारिक दर्शकमाझ विशेष उत्साह देखिएको छ ।

हलिउड एक्सनप्रेमीहरूका लागि भने ‘मोर्टल कमब्याट’ नयाँ प्रदर्शन आकर्षणको केन्द्र बन्न सक्ने अनुमान गरिएको छ । दमदार एक्सन, भिजुअल इफेक्ट तथा चर्चित गेम सीरीनजमा आधारित कथाले युवा दर्शकलाई विशेष आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

यसका साथै यो विकेण्डमा अघिल्ला सतादेखि प्रदर्शरत फिल्म ‘परालको आगो’ सहित आधा दर्जन फिल्महरु पनि सिनेमा हलमा प्रदर्शनरत छन् ।