खाेज्नुहाेस

विराज भट्टले थाले ‘१२ गाउँ २’ छायांकन

Image

काठमाडौं – विराज भट्टले आगामी होमप्रोडक्सन फिल्म ‘१२ गाउँ २’ को छायांकन बुधबार च्यासलबाट थालेका छन् । त्यहाँस्थित राजु पेन्टरको स्टुडियोमा शुभसाइत पूजा गर्दै सुटिङ सुरु भएको हो ।

छायांकन थाल्नुअघि गरिएको पूजा समारोहका केही तस्वीर प्राप्त भएका छन् ।

attariya hospital
navjiwan hospital

६० दिनसम्म चल्ने छायांकन काठमाडौं र पूर्वी नेपालका विभिन्न लोकेसनमा हुने जनाइएको छ । यो फिल्ममा विराज स्वयमसहित कलाकार समीर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, प्रकाश शाह लगायतको अभिनय हुनेछ ।

समीर र काफियालाई अनस्क्रिन जोडीको रोलमा देख्न सकिनेछ । अनुप भने खलपात्रको रुपमा हुनेछन् ।

च्यासल स्टुडियोमा ३० लाखका दुईवटा भव्य सेट तयार पारिएको छ । त्यहाँ पहिलो दिन बुधबार गीतको सुटिङ गर्दै फिल्म सुरु भएको हो । गीतमा समीर र काफिया देखिनेछन् ।

दशैंमा प्रदर्शन हुने बताइएको फिल्मलाई काठमाडौं उपत्यकामा गोविन्द शाही र मोफसलमा कुवेर डिष्ट्रिब्यूसनले वितरण गर्नेछ । फिल्मको निर्माण नियन्त्रकमा आरजे प्रणव सुवेदी छन् ।