खाेज्नुहाेस

गृहमन्त्री राजीनामापछि वर्षा राउतको राजनीतिक व्यङ्ग्य चर्चामा

Image

काठमाडौं– गृहमन्त्री सुदन गुरुङको राजीनामापछि नेपाली मनोरञ्जन क्षेत्रका सेलिब्रेटीहरूले पनि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्न थालेका छन् । यस क्रममा अभिनेत्री वर्षा राउत को एउटा व्यङ्ग्यात्मक पोस्ट विशेष चर्चामा आएको छ ।

राउतले आफ्नो नयाँ फिल्म ‘मालती मंगले’ का अभिनेता विजय बराल लाई संकेत गर्दै राजनीतिक शैलीको व्यङ्ग्य प्रस्तुत गरेकी हुन् । उनले लेखेकी छिन्- ‘दूर–दूरसम्म सम्बन्ध रहेकै आधारमा यसरी मान्छे फस्दै जाने हो भने, जुन हिसाबले विजय बरालले चाउचाउ खान्छन्, कि त कारवाही हुनुपर्यो कि त नैतिकताका आधारमा चाउचाउ खान छोड्नु पर्छ ।’

attariya hospital
navjiwan hospital

उनको यो स्टाटसलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले हल्का–फुल्का राजनीतिक व्यङ्ग्यका रूपमा लिएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमलाई जोडेर गरिएको यो टिप्पणीले हास्य र व्यङ्ग्यको शैलीमा सार्वजनिक वहसलाई प्रस्तुत गरेको देखिन्छ ।

यसअघि पनि गृहमन्त्री सुदन गुरुङको राजीनामापछि अभिनेता तथा निर्देशक आशिफ शाह लगायत विभिन्न कलाकारहरूले सुशासन र जवाफदेहिताबारे आफ्ना विचार सार्वजनिक गरेका थिए।

सेलिब्रेटीहरूको यस्ता अभिव्यक्तिहरूले पछिल्ला राजनीतिक घटनाक्रमलाई जनस्तरमा फरक ढङ्गले प्रस्तुत गर्दै सामाजिक सञ्जालमा व्यापक वहस सिर्जना गरिरहेको देखिन्छ ।