काठमाडौं – नायक अनमोल केसीले आफ्नो पाइपलाइनमा चारवटा फिल्महरु रहेको खुलाएका छन् । अहिलेलाई आफू थप फिल्म लिनसक्ने अवस्थामा नरहेको उनको संकेत छ ।
सामाजिक सञ्जालमा स्टाटस लेखेरै अनमोलले यो सूचना सेयर गरेका हुन् । अनमोलका अनुसार उनले अहिले सनराइज पिक्चर्सद्वारा निर्मित ‘बाटुलो जून’मा काम गरिरहेका छन् । त्यसपछि क्रमशः सुहाना इन्टरटेनमेन्टको ‘ए मेरो हजुर ५’, एप्पल इन्टरटेनमेन्टको ‘विफोर वि मेट’ र अनन्या फिल्म्सको ‘जेरी द लास्ट क्लाइम्ब’ उनको लाइनअपमा छन् ।


उत्कृष्ट निर्माता र व्यानरहरुसँग सहकार्य गर्न पाएको भन्दै अनमोलले खुशी व्यक्त गरेका छन् ।
‘विश्वभरका मेरा दर्शक र शुभचिन्तकहरु, यो तपाईंहरुका लागि हो । तपाईंहरुको माया नै मेरो शक्ति हो । मिलेर इतिहास रचौं,’ उनले लेखेका छन् ।’
अनमोलको ‘बाटुलो जून’ दशैको फुलपातिमा प्रदर्शनमा आउँदैछ । अघिल्लो वर्ष उनी अभिनित चलचित्र जेरी २ सुपरहिट भएको थियो ।

















