खाेज्नुहाेस

चलचित्र ‘राम नाम सत्य’ले ल्यायो नयाँ गीत

Image

चलचित्र ‘राम नाम सत्य’को ‘धागोले बाटेको’ बोलको गीत अहिले चर्चामा छ । केही अघि सार्वजनिक गीतले युट्युबमा ४० लाख भन्दा बढी भ्यूज पाएको छ । यो गीत चलिरहेको समयमा निर्माणपक्षले नयाँ गीत ‘हुम्लाको लिमी’ सार्वजनिक गरेको छ ।

सार्वजनिक गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको स्वर, एसडी योगीको संगीत र मौसम अर्यालको शब्द छ । रोमान्टिक शैलीको यो गीतको भिडियोलाई सियोन श्रेष्ठले कोरियोग्राफी गरेका हुन् ।

attariya hospital
navjiwan hospital

गीतमा फिल्मका मुख्य नायक विराज भट्ट र नव–नायिका खुशी कार्कीले नृत्य गरेका छन् । यो गीतको छायांकन दैलेखमा गरिएको हो । माइकल इन्टरटेन्मेन्टको हाउसको प्रस्तुतिमा तयार भएको यो फिल्ममा कथा, पटकथा तथा निर्देशन माइकल चन्दको छ ।

उपेन्द्र शाही र स्वेता बिमलीको लगानी रहेको फिल्मका कार्यकारी निर्माताहरुमा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन् । मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको फिल्मका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन् । फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र ओम स्पार्कको संगीत छ ।