खाेज्नुहाेस

विराज भट्टको मुख्य अभिनय रहेको फिल्म ‘राम नाम सत्य’ को टिजर सार्वजनिक

Image

विराज भट्टको मुख्य अभिनय रहेको फिल्म ‘राम नाम सत्य’ को टिजर सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक टिजरमा मुख्य रूपमा एक्सन दृश्यहरूलाई केन्द्रमा राखिएको छ।

‘राम नाम सत्य’ मा विराजसँगै सुनील थापा, सुशील श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुषसिंह ठकुरीलगायत कलाकारहरूको अभिनय छ। टिजरमा शीर्ष सबै कलाकारहरूलाई देखाइएको छ।

attariya hospital

यो अभिनेता सुनील थापाको छायांकनका हिसाबले अन्तिम फिल्म समेत हो।

navjiwan hospital

माइकल चन्दको निर्देशनमा बनेको ‘राम नाम सत्य’ को निर्माता उपेन्द्र शाही र श्वेता विमली हुन्। माइकल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन्। मोती कार्की क्रियटिभ निर्माता हुन् भने राजेन्द्र आचार्य लाइन प्रोड्यूसर छन्।

माइकल चन्दकै कथा र पटकथा रहेको यस फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन र काला चरणको बीजीएम छ। टिजर साहिल खानले तयार पारेका हुन्।

‘राम नाम सत्य’ नेपाली नयाँ वर्षको अवसर पारेर चैत २७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।