बैशाख बसन्त ऋतु, कोइली गाउँन्छ वनमा ।
जेठका भड्कन्या रुडा, दिक्क लाग्दी मनमा ।।
असाड् लाग्या किसानको, मुटु धडकन्छ ।
साउन मुसलधार्या पानी, गंगा गडकन्छ ।।

भदौको भदौर्या बन्सो, जाँ हेर्यो वाँ कालो ।
असौज सिरउल्या धानको, निउडिएको बालो ।।

कात्तिक धानकी कुनिउँ, माड्ना कि रहड् ।
मंसीरको खेती लाउनु, बाउनैन बहड् ।।
पुस त जाडी की मरु, हिउँ पडन्छ चौकी ।
माघकी माइतोडा् जानेई, माणा लेउनेई हौकी ।।
फागुनकी शिवरात्री, राम हेन्न बाइगया ।
चैतका काफल खान, मेरा गाउँ आइगया ।।
लेखक : शेर बहादुर साउँद
दिपायल सिलगडी नगरपालिका– १ गोसेडा, डोटी
(लेखक श्री मगलेक मावि तिखा डोटीका पूर्व शिक्षक हुन ।)













