खाेज्नुहाेस

सौताका सन्तान ?

Image

बाल छैन,
टाउकोमा हात राखी
खडेरीकापीडा पोखिरहेछन्
तल सलल नदी बगिरहेछ
आकाश हेरी टोलाइरहेछन।

बाल छैन,
नुन रोटी खाइरहेछन्
छैन सुको तरकारी
डाँडामाथि घर छ
घर अगाडि सुक्खा बारी

attariya hospital
navjiwan hospital

बाल छैन,
टाउको दुख्दा बोक्रा खान्छन्
नपाएर सिटामोल
पेट मुसार्दै बच्चा रुन्छन्
चिच्याहट को कोकाकोल ।।।

बाल छैन,
शिक्षा दिक्षा भिरपारी
टार्नु छ पहिले भोकमरी
पाँच सयमा किनि हाल्छन्
भोट माग्दा नेता धारी।

के तिमी साँच्चै सौताका सन्तान ?
गाउँ छाडी सधैँ कति जाने मुग्लान?

✍️ कम्मान सिंह साउद, महेन्द्रनगर कञ्चनपुर