बाजुरा –बाजुरामा भारी असीना पानी परेको छ । बिहिबार दिउँसो ३ बजेदेखि ४ बजेसम्म यहाँको त्रिवेणी नगरपालिकाको विभिन्न ठाउँमा भारी असीना पानी परेको हो । त्रिवेणी नगरपालिका –७ का स्थानीय गोरख ऐडीले मालाकोट धामीबाडा कोसेडी र तोलीको जुम्ली डाँडासम्म बाक्लो असिना पानी परेको बताए ।

उनले भने ‘एक घण्टासम्म लगातार रुपमा परेको असिना पानीले यहाँको गहुँबाली तथा आलुु प्याज टमाटरलगायतको तरकारी नष्ट पारेको छ ।’

यहाँका किसानले हिउँदमा लगालग गरेर लगाएको खेती सबै असिना पानीले नष्ट पारेपछि अब वर्खाको समय के खाने भन्दै उनीहरु निकै चिन्तामा परेको ऐडीले बताए ।


















