खाेज्नुहाेस

बाजुरामा स्थानीयले बुझाए २६ थान हातहतियार

Image
file photo

बाजुरा – जिल्ला प्रशासन कार्यालय बाजुराको निर्देशनपछि २६ थान हातहतियार तथा खरखजनाहरू स्थानीयले प्रशासनलाई बुझाएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा माघ १५ गतेभित्र हातहतियार बुझाउन निर्देशन दिइएको थियो ।

navjiwan hospital

स्थानीयले हालसम्म २६ थान हातहतियार बुझाएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । तोकिएको समयभित्र प्रहरी कार्यालय तथा प्रशासनमा जिल्ला भरबाट घरेलु २६ थान हातहतियार बुझाएको बताएका छन् ।

attariya hospital

जिल्ला प्रशासन कार्यालय बाजुराले २०८२ पुस २९ गते सार्वजनिक सूचना जारी गर्दै आगामी निर्वाचन लक्षित जिल्लाभित्र इजाजत प्राप्त गरेका वा नगरी व्यक्तिगत रूपमा राखेका हातहतियार १५ दिनभित्र बुझाउन आग्रह गरेको थियो ।