खाेज्नुहाेस

अत्तरियामा न्यून जनसहभागितामा उज्यालो नेपालको चुनावी सभा, कुलमान आएनन्

Image

अत्तरिया – कैलालीको अत्तरियामा शनिवार उज्यालो नेपाल पार्टीको चुनावी घोषणा सभा आयोजना गरेको छ । पार्टीका अध्यक्ष कुलमान घिसिङको प्रमुख अतिथियतामा आयोजना गर्ने तय गरिएको कार्यक्रममा न्यून जनसहभागिता रहेको थियो भने कुलमान घिसिङ कार्यक्रममा सहभागी नै भएनन् ।

आयोजकले कार्यव्यस्तताका कारण कुलमान आउन नसकेको बताए पनि अत्तरियाको महोत्सव स्थलको ठुलो मैदानमा गरिएको कार्यक्रम जनसहभागिता न्यून हुँदा कुलमान नल्याइएको पार्टीकै केही नेताले बताएका छन् ।कार्यक्रममा कुनमान घिसिङ नआएपछि पार्टीका उपाध्यक्ष एवम् जेनजी अगुवा राजेश प्रतेललाई प्रमुख अतिथि बनाएका सभा समापन गरिएको थियो ।

attariya hospital

सभालाई सम्बोधन गर्दै उनले जेन जी आन्दोलन पुराना भ्रष्टाचारीलाई फ्याँकेर नयाँ भ्रष्टाचारी ल्याउनका लागि नभएको भन्दै जनेजी आन्दोलनको भावना अनुसार काम नभएको बताए ।

‘जेन जी आन्दोलन मुलुकबाट भ्रष्टाचार हट्नुपर्छ भन्ने उद्देश्यका साथ भएको थियो’ उनले भने ‘अहिले नयाँ शक्ति हामी हो, हामी भ्रष्टाचार न्यूनीकरण गर्छौ भनेर आएका छन् । तर, उनीहरूका सभापति नै भ्रष्टाचारमा मुछिएका छन् ।’

उनले अब आफू जस्तो अङ्ग गुमाएर बस्न नपरोस् भन्नका लागि लहर, भीडको पछि नलागेर देश विकासको काम गर्ने पार्टीलाई जिताउन आवश्यक रहेको बताए । आफूले आफूलाई काम गरेर प्रमाणित व्यक्ति कुलमान घिसिङ भएकाले उनको नेतृत्व गरेको पार्टीलाई जिताउनु पर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार सुवास कुँवरले अब पनि वादका पछि लागेर देश नबन्ने बताए । उनले गरिब र पछाडि परेका जनताको आवाज बन्ने प्रयास गर्नु भनेको राजनीति भएको बताउँदै वाद जाती धर्मका आधारमा विभाजित गरेर देश नबन्ने बताए ।

navjiwan hospital

‘यो देशमा बस्ने सबै नेपालीको समान अधिकार हुनुपर्छ’ उनले भने ‘यो देश बनाउनको लागि कुलमान घिसिङको नेतृत्वमा आफूहरू चुनावमा होमिएका छौ ।’

कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा उम्मेदवार बनेका चन्द्र साउँदले आफूहरू सडकका मान्छे भएकाले, हारे पनि जिते पनि सडकमै रहने बताए । उनले आफूहरू जनताको भावना, आवश्यकताका लागि बोल्ने बताए । देश कालाबजारीया, माफियाको चुङ्गुलमा परेको बताउँदै त्यसबाट देशलाई निकाल्न आवश्यक रहेको बताए ।

भिडियो