अत्तरिया – पुस ९ गते देखि अत्तरियामा सुरु भएको ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ मा आज विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएका छन् ।

महोत्सवको पहिलो दिन उद्घाटन समारोह आयोजना गरिएकोमा आजदेखि भने राष्ट्रिय तथा स्थानीय कलाकारका प्रस्तुति रहने आयोजन न्यु सृजनशील युवा क्लबले जनाएको छ ।

महोत्सवमा आज गायिका समीक्षा अधिकारी, गायक रमेश राज भट्टराई आफ्नो प्रस्तुति दिने छन् ।
यस्तै आजै कलाकार मनोज धामी, लक्ष्मी राना, ऐश्वर्या विष्ट लगायतका कलाकारले आफ्नो प्रस्तुति राख्ने महोत्सवका कलाकार संयोजक शेर बहादुर बोहराले बताए ।
‘सुपको मौलिक परिवेश हाम्रो गौरव र सान, यही हो सृजनशील गोदावरी सांस्कृतिक महोत्सवको पहिचान भन्ने नाराका साथ अत्तरिया सुरु भएको महोत्सव पुस १९ गते सम्म सञ्चालन हुने छ ।














