दुई जोर लुगाले बर्षों बिताउन सक्ने !
आफ्ना आवश्यकताहरु नै नभएको मान्छे !!
फाटेका जुत्ता लाई हेर्दा यो त अझै चल्छ भन्ने !
आफु नखाई नलाई परिवारका लागि सोच्ने मान्छे !!

छोरा छोरीहरुले अकुत भरोसा अनि विश्वास राख्ने !
आफु हार्दा पनि सन्तानलाई जित्न सिकाउने मान्छे !!
परिवारका लागि दिन रात एक गर्ने !
मन रुदा पनि आफ्ना आँसु लुकाउने मान्छे !!

आफु समाजमा एक्लो पर्दा पनि सन्तानलाई म छु नी भन्ने !
अनि समस्या केही आईपर्दा अगाडी चट्टान भएर उभ्भीने मान्छे !!
कपाल काईयो बिना नै हातले मिलाउने !
आफ्ना सपनाहरुलाई वास्ता नगरि परिवारका लागि बाँच्ने मान्छे !!
दिनभरी काम गरेर थाकेर आउँदा मुस्कुराउने
घरमा बिवाद हुन्छ भनेर कम बोल्ने ! अनि
आफैमा हराउने तर अरुलाई बिउझाउने मान्छे !!
आफैमा हराउने तर अरुलाई बिउझाउने मान्छे !!
खगेन्द्र ओझा
कृष्णपुर–४, कञ्चनपुर













