खाेज्नुहाेस

कर्णाली चिसापानी जलविद्युत् आयोजनाको डिपिआर प्रक्रिया अघि बढ्यो

Image

टीकापुर – उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले १० हजार आठ सय मेगावाटको कर्णाली चिसापानी जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन गर्न लागिएको बताएका छन । कैलालीको जानकी गाउँपालिकाको दुगौलीमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री घिसिङले सदूरपश्चिम प्रदेश मात्र नभएर समग्र देशकै आर्थिक समृद्धिसँग जोडिएको कर्णाली चिसापानीको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) नेपाल विद्युत् प्राधिकरणमार्फत तयार पार्न लागिएको बताए ।

navjiwan hospital

विगतमा सन् २००१ भित्र निर्माणसम्पन्न गर्ने गरी सम्भाव्यता भएको तर आयोजना अगाडि बढ्न नसकेको उल्लेख गर्दै मन्त्री घिसिङले मुलकको समृद्धिसँग जोडिएका कर्णाली चिसापानी जस्ता मेगा परियोजना अगाडि बढाउनुपर्ने र उक्त आयोजनालाई दक्षिण एसियाली क्षेत्रकै नमुना आयोजनाको रूपमा विकास गर्न सकिने बताए ।

attariya hospital

सरकारले कर्णाली चिसापानी नेपाल प्राधिकरणमार्फत अध्ययन गराउने निर्णय गरिसकेको छ । प्राधिकरणले विस्तृत अध्ययनका लागि परामर्शदाता छनोटको प्रक्रिया अगाडि बढाएको छ । कर्णाली चिसापानी आयोजना बनेपछि नदीको प्रवाह नियन्त्रण हुनेहुँदा हाल रहेको नदी कटानको समस्या पनि दीर्घकालीन रूपमा समाधान हुने घिसिङले बताए ।