खाेज्नुहाेस

दोष अरूलाई दिएर के फाइदा !

Image
तिम्रो मेरो स्कुल, कलेजका पुस्तकहरूमा लेखिएको कुरा अर्कै छ,
र, हाम्रो व्यवहारमा देखिएको कुरा अर्कै छ!
attariya hospital
हामी स्कुलमा पढाउँछौँ : निर्धा, निर्दोष, कमजोर, दुःखी माथि दया गर्नु पर्छ,
तर, निर्धो, निर्दोष, कमजोर कुखुरो, बाख्रो कुकरमा पकाइएको घर घर मै छ!
तिम्रो मेरो पत्रकारिता आचार नीतिमा लेखिएको कुरा अर्कै छ,
र, हाम्रो व्यवहारमा देखिएको कुरा अर्कै छ!
हामी पत्रकारिता मार्फत सकारात्मकता, सत्य, न्याय फैलाउनु पर्छ भन्छौँ,
तर, नकारात्मकताको प्रचार खबर खबर मै छ!
तिम्रो मेरो राजनैतिक दर्शन/सिद्धान्त र घोषणापत्रमा लेखिएको कुरा अर्कै छ,
र, हाम्रो व्यवहारमा देखिएको कुरा अर्कै छ!
हामी पार्टीपिच्छे नै लोकतन्त्र, समाजवाद, साम्यवाद बारम्बार भट्याउँछौँ,
navjiwan hospital
तर, व्यक्तिवाद, सामन्तवाद अधिकांश जनता र नेताको आचरण मै छ!
तिम्रो मेरो धर्म ग्रन्थहरूमा लेखिएको कुरा अर्कै छ,
र, हाम्रो व्यवहारमा देखिएको कुरा अर्कै छ!
हामी प्रवचन, भजनमा भन्छौँ, सुन्छौँ,
“ईश्वर एक , मानव जाती नै एक”,
तर, संसारमै सबैभन्दा ठुलो लफडा ‘कस्को ईश्वर ठुलो’ भन्ने गदर मै छ!
दोष अरूलाई दिएर के फाइदा?
सत्य यही हो कि दोष त तिम्रो र मेरो नजर मै छ,
र, दोष त तिम्रो र मेरो घर घर मै छ!
लक्ष्मण दियाल
प्रधानाध्यापक, वात्सल्य विद्या निकेतन बेलौरी, कञ्चनपुर