गुलामीको खोप लगाइएकाहरूको दिमाग नै दाश छ!
लगभग सबैलाई देश बद्लेको देख्न मन छ,

लगभग सबैलाई यो देश सप्रेको देख्न मन छ,
तर,
कतिलाई अझै पनि, आफ्नो व्यापार जोगाउनु छ,
कतिलाई अझै पनि, आफ्नो सम्बन्ध/व्यवहार जोगाउनु छ,
के भो! मरे त मरे, अर्काका सन्तान पो मरे,
यस घडीमा पनि,
कैयौँ मुटुहीन काँतरहरूलाई आफू र आआफ्नो परिवार जोगाउनु छ!
कतिलाई अझै पनि, ‘भोली, झर्ला र खाउँला’ भन्ने आस छ,
कतिलाई ऐले चुप लागे भोली, बक्सिस पाउला भन्ने आस छ!
बोल्न त हुन्थ्यो,
तर, गुलामीको खोप लगाइएकाहरूको साला दिमाग नै दाश छ,
सास त चल्छ, तर, काला मुटु नै लास छ!
जसरी एक पटकमा एकै ठाउँमा दिन र रात भई दिन सम्भव नै छैन,
ठिक त्यसरी नै,
अँध्यारा र कायर सोचहरूले अझै पनि उज्यालो देश जन्मिन सम्भव छैन!

तर, यसै बिच एक रोचक कुरा भएको देख्छु,
भ्रष्टहरू जैले पनि गजबले एक बनेको देख्छु :
भट्टीमा, चोकमा, पोस्ट र कमेन्टमा, सडक र सदनमा,
जहाँसुकै एक बनेको देख्छु,
र,
तामामले जसलाई असल (नेक) भनेको देख्छु,
तिनीहरूलाई जैले नि’ आआफ्नै जुँगाका रौँ गन्न मै व्यस्त देख्छु,
र, मच्ची मच्ची ‘अर्को भन्दा म नै राम्रो’ भन्न मैँ व्यस्त देख्छु,
अर्को राम्रोलाई गिराउन खाल्डो खनेकै देख्छु,
र, कालान्तरमा उ आफै पनि त्यै खाल्डोमा परेकै देख्छु,
जसले जे भन्नुहोस्,
अब त, म प्रस्ट देख्छु,
म यस्तालाई अरूभन्दा बढी भ्रष्ट देख्छु!

नोट : एकाध वर्ष अघिको तस्बिर यस पोस्टमा राखेको छु। यस पोस्टमा राखिएको तस्बिरमा लेखिएको कुरा भएको प्रोफाइल पिक्चर मैले भ्रष्ट नेता/पार्टीहरू विरुद्धको एक शालीन अभियानका तवरले एकाध बर्सअघि मेरो प्रोफाइलमा लेखेर राखेको थिएँ। दुर्भाग्य बस, सरकारले साँच्चै अझै पनि निर्दोष जनतालाई बाजले चल्लाहरू मारे जसरी मार्यो! उसो त, त्यस सरकार या ती पार्टीहरूद्वारा निर्मित सरकारहरूले लगातार पछिल्ला केही दशकहरूदेखि प्रत्यक्ष अप्रत्यक्ष यस्तै गर्दै आएकाले त्यसो सोच्न/लेख्न बाध्य भएको थिएँ म र तमाम अरू आम जनताहरू पनि। यी नेता/पार्टीहरूले हजारौँ निर्दोषहरूको बली चढाई सकेका छन्, मात्रै आफ्नो र, आफ्नो परिवार र थोरै आसेपासे झोलेहरूको लाभका लागि!!! अब त, व्यक्ति, प्रवृति, पार्टीहरू चीन, यार नेपाली जनताहरू; यस्तो त काल्पनिक नर्कमा पनि हुँदैन होला।
मेरो प्रोफाइल पिक्चरमा लेखिएको कुरा यस्तो थियो : “मलाई निकै सन्तुष्टि छ, किनभने, म कहिल्यै पनि हाम्रो देश कङ्गाल बनाउने अगुवा भ्रष्ट पार्टीहरूको/नेताहरूको सदस्य भइन र हुने पनि छैन।” बर्तमानमा, नेपाली जनता चल्ला हुन, हाम्रो सरकार बाज हो; अझै पनि ,कसैले पनि “म तीनै पार्टीहरूको सदस्य हुँ” भन्नु लाज हो !
– लक्ष्मण दियाल बेलौरी, कञ्चनपुर
















