खाेज्नुहाेस

छोरी मान्छे 

Image
हुन त छोरा मान्छेको पनि हुन्छ धेरै पीडा हुँदैन भन्दिन म
तर छोरी मान्छेको जति पीडा हुँदैन छोरा मान्छेको भन्छु म।
attariya hospital
छोरा र छोरी , सुन्दा एउटै सुनिने तर पीडा धेरै फरक छ
जसले जे भनेनी म त भन्छु छोरीलाई जस्तो छोरालाई कहाँ छ।
छोरीलाई भन्छन् इज्जत लुट्छन् तिम्रो बाहिर घुम्न नजाउ
छोरालाई किन भन्दैनन् अरूको इज्जत लुट्छौकी बाहिर घुम्न नजाउ।
navjiwan hospital
जुन मान्छेले कानुन बनाउँछ छोरा छोरी बराबर भनी
त्यै मान्छेले भेदभाव गर्छ छोरा र छोरी भनी।
मृत्यु के हो भनी छोरीलाई सोध बताउँछिन् उनी महिनाका चार दिन
त्याग के हो भनी छोरीलाई सोध बताउँछिन् उनी आफ्नो बिहेको दिन।
रचनाकार: रोशनी पाल 
श्री मालिकार्जुन माध्यमिक विद्यालय दार्चुला