खाेज्नुहाेस

जिन्दगीको यात्रा जारी छ 

Image
जिन्दगी भनेको एक खुला बाटो हो,
जसले कहिले उकालो देखाउँछ,
attariya hospital
कहिले ओरालो त कहिले घाम,
कहिले त आँधी-पानीको हुरी झेलाउँदै
हामीलाई अज्ञात गन्तव्यतर्फ धकेलिरहन्छ।
जिन्दगीको यात्रा जारी छ…
कसैको यात्रामा सुरुवातमै फूल खस्छ,
कसैको यात्रामा त काँडै काँडाको भारी बोकिन्छ।
तर बाटो जति कडा भए पनि
पाइलाहरू अघि बढ्नै पर्छन्,
किनकि यात्राले कहिल्यै थम्दैन।
navjiwan hospital
जिन्दगीको यात्रा जारी छ…
शिशु भएको दिन सम्झ,
पहिलो रुनुको स्वरले
आमा–बुबाको मुहारमा खुसी ल्याएको पल सम्झ,
त्यो पनि यात्रा हो,
पहिलो कदम राख्ने यात्राको सुरुवात।
त्यो मुस्कानसँगै भविष्यको सपना बुन्ने,
तर कहिले काहीँ सपना र वास्तविकता
दुई फरक बाटोमा हिँड्छन्।
जिन्दगीको यात्रा जारी छ…।
कवि: नवीन सिंह धामी, दार्चुला