जीवनको बाटो सजिलो छैन,
उकालो पनि आउँछ, ओरालो पनि पर्छ,

कसैको मुस्कानले हौसला मिल्छ,
कसैको तिरस्कारले आँसु झर्छ।
कहिले धुलो–माटो छ्यापिन्छ,
कहिले फुलको सुगन्ध भेटिन्छ,
पाइलापिच्छे अनुभव भेला,
त्यो नै जीवनको रङ्गिन चित्र।
जीवनको बाटोमा सिक्नुपर्छ—
गल्तीलाई पाठ बनाउन,

हारलाई हिम्मतको जिन्दगीमा
नयाँ सुरुवात मान्न।
आफ्नो लक्ष्य आँखामा राख्दै,
माया र इमान हृदयमा राख्दै,
बाटो जस्तो भए पनि अघि बढ्नुपर्छ,
किनभने यात्रामा नै अर्थ हुन्छ।
जीवनको बाटोमा दुःख–सुख दुवै साथी,
आशा–विश्वास नै असली सम्पत्ति,
जो हाँस्दै–हाँस्दै अघि बढ्छ
उही सफल हुन्छ अन्ततः।
कवि : सन्तोषी ऐर, कञ्चनपुर
















