खाेज्नुहाेस

कोसिस

Image
कोसिस गर अवश्य हल निस्किन्छ।
आज नभए पनि भोलि निस्किन्छ।।
attariya hospital
अर्जुनको लक्ष्य राख निशाना खोज।
मरुभूमिबाट पनि त पानी निस्किन्छ।।
मेहनत गर फूललाई पानी देऊ।
सुक्खामा पनि फेरि फल निस्किन्छ।।
तागत जुटाऊँ हिम्मतलाई आगो देऊ।
navjiwan hospital
कमजोरको पनि फेरि बल निस्किन्छ।।
शिरमा उम्मीदलाई ज्युँदै राख्ने गर ।
समुन्द्रबाट पनि त गंगाजल निस्किन्छ।।
कोसिस गर्दै जाऊँ केही गर्दै जाऊ।
जे रोकेको छ अहिले भई निस्किन्छ।।
कोसिस गर अवश्य हल निस्किन्छ।
आज नभए पनि भोलि निस्किन्छ।।
कवि योगेन्द्र सिंह धामी महेन्द्र नमुना माध्यमिक विद्यालय दार्चुलाका विद्यार्थी हुन्।