खाेज्नुहाेस

कञ्चनपुरकी सम्झना मृत्यु प्रकरण : श्रीमान् पुर्पक्षका लागि कारागार चलान

Image

कञ्चनपुर – कञ्चनपुरको बेलडाँडीकी १७ वर्षीया सम्झना भट्ट मृत्यु प्रकरणमा उनका श्रीमानलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । अनुसन्धानका लागि पक्राउ परेका मृतक सम्झनाका श्रीमान पवन भट्टलाई कञ्चनपुर जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

navjiwan hospital

अदालतले सम्झनाका सासू ससुरा र पवनकी दिदीलाई भने धरौटीमा छोड्न आदेश दिएको छ । सम्झनाका माइती पक्षले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दिएको आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दाको बिहीबार अदालतमा थुनछेक बहस भएको थियो ।

attariya hospital

कञ्चनपुर जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र बहादुरले आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा मृतकका ससुरा हरिदत्त भट्ट र दिदी पूजा भट्टलाई धरौटीमा छाड्ने आदेश दिएको र सासू किरण भट्टलाई साधारण तारेखमा छोड्ने आदेश दिएको बताए । उनका अनुसार न्यायाधीश राजेन्द्र भण्डारीको एकल इजलासले ससुरा र पवनको दिदी पूजाबाट जनही एक÷एक लाख धरौटी लिन आदेश दिएको छ ।

सो आदेश अनुरूप तीन जना रिहा भएका हुन भने मृतकका श्रीमान् पुर्पक्षका लागि कारागार चलान गरिएका छन् । गत साउन १८ गते बिहान सम्झना घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिईन । मृतक सम्झनाका माईती पक्षले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्धा दिएको थियो । सो मुद्धामा बिहिबार थुनछेक बहस भएको हो ।