खाेज्नुहाेस

आधुनिक परिवार

Image
गाउँका एक्ला, बुवा र आमा, गाउँको माझमा ।
झुत्राे र कुप्राे शरीर बोकी कसरी बस्छन् अँधेरी साँझमा।
attariya hospital
छोरा र बहु सहरको बिच रमाएर बसेका ।
गाउँ घरकै धन्दा बिर्सेर हेर सुखकै लागि सहर पसेका ।
बुबा र आमा,छोरा र बहु फर्किने बाटो कुरेर रोएका ।
navjiwan hospital
छोराको शान, बहुको फुर्ती के बुझ्थे हेर धान खेत रोपेका ।
लट्ठीको सहारा, भित्ताको अडेस आगाेकाे भर खरानी घसेका।
छोराको आसमा, बहुको आसमा मृत्युको मुखको परानी कसेका।
साथी र सङ्गी, सहरको रमझम, जीवन छ विचित्र ।
बुवा र आमा, घर र खेत बिर्सने हामी यही हो त ? चरित्र ।
कवि: कृष्ण सिंह धामी कुशेश्वर माध्यमिक विद्यालय रामेछापका शिक्षक हुन्।