के राख्नु हिसाब यो क्षणभङ्गुर जिन्दगी को
भर्खर त टुसाउँदै छ अङ्कुर जिन्दगीको।
सुनौलो यो यात्रा जुरेछ आज तिम्रै सहर को
एक्कै छिन हिसाब गरौँ मिलाउँदै सुर जिन्दगीको।


हतार भो रहरले समाउन हात हजुरको
कटिएला नि पक्कै आँटेर उक्ले भिर जिन्दगीको ।
बनी दिउला पापी तिम्रै निम्ति पापै गर्नु परे पनि
उस्तै परे पापै लाई धर्म मान्न मन्जुर जिन्दगीको ।
कति लुटे कति जुटे यात्रा सङ्गै कति छुटे
बुझेझैँ गर्नुपर्ने बुझी नसकिने घनघोर जिन्दगीको।
दशरथ ओझा
गोदावरी न पा ०४ वसन्तपुर कैलाली
गजलकार ओझा समैजी मावि गो न पा ०८ मझगाउमा अध्यापन गर्नु हुन्छ।



















