खाेज्नुहाेस

कञ्चनपुरबाट डेढ लाख बढीका भन्सार छलीका सामान बरामद

Image
फाइल फोटो

अत्तरिया– कञ्चनपुरबाट ब्रोइलर कुखुरा सहित डेढ लाख बढीका अवैध भन्सार छलीका सामान बरामद गरिएको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट अन्दाजी १ लाख ६१ हजार बराबरका अवैध भन्सार छलीका सामान बरामद गरेको हो ।

navjiwan hospital

जिल्लाका बेलौरी नगरपालिका– ३ बन्धताल र पुर्नवास नगरपालिका– ११ टाउके बजारबाट उक्त मुल्य बराबरका सामानहरु बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

attariya hospital

कार्यालयका अनुसार बरामद गरिएका सामग्रीहरुमा ब्रोईलर कुखुरा सहित चिनी, बिडी, चुरोट र २ थान मोटरसाइकल लगायत रहेका छन । उक्त सामानहरु बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।