अत्तरिया– कञ्चनपुरबाट अवैध भन्सार छलीका सामान बरामद गरिएको छ । आईतबार जिल्लाको भीमदत्त नगरपालिका– ११ गड्डाचौकीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याईएका सामानहरु प्रहरीले बरामद गरेको हो ।

अन्दाजी २ लाख ४ हजार ६५० मुल्य बराबरका बिभिन्न किसिमका कपडा, हाडवेयर, किराना लगायतका सामानहरु बेवारिसे अवस्थामा फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उक्त सामानहरु बरामद गरि आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा पठाईएको प्रहरीले बताएको छ ।
















