खाेज्नुहाेस

बाबाको छायामा

Image

बाबा, तपाईँको छायामा
छैन कुनै डर र चिन्ता
तपाईँको मुस्कानमा
लुकेका छन् हजारौँ खुसी।

कठिन यात्रामा
तपाईँको साथ र माया
दिएको छ प्रेरणा
जिन्दगीलाई उज्ज्वल बनाउन।

attariya hospital

तपाईँको पसिनाको थोपा
बनेको छ हाम्रो भविष्यको जग
तपाईँको त्याग र बलिदान
अमूल्य छ, अतुलनीय छ।

navjiwan hospital

बाबा, तपाईँ हुनुहुन्छ
अँधेरोमा जूनको प्रकाश
धर्तीमा अटल पहाड
र हरपलको सहारा।

सपनाहरूलाई पूरा गर्न
तपाईँले दिनुभयो हिम्मत
आशीर्वाद स्वरूप
तपाईँको मायाको वर्षा।

बाबा, तपाईँप्रति
यो मनबाट नमन
सधैँ रहोस् तपाईँको साथ
यो प्रार्थना छ मेरो हृदयबाट।

कवि मनीषा धामी मालिकार्जुन माध्यमिक विद्यालय दार्चुलाकी विद्यार्थी हुन्।