खाेज्नुहाेस

एक्ली आमाको खुसी

Image
गाेधुँलि साँझमा गाईको बथान फर्कन्छ गोठमा ।
attariya hospital
एकली आमा खुसीले रम्छे मुस्कान छ ओठमा।
छोरा र छोरी भित्रिन्छन् घर बाल्दछन् दियालो ।
खुसीले आमा चम्किन्छे हेर मुहारै उज्यालो।
चुलोमा आगो बालेर बसे आमाको साथमा ।
एकसरो हेरिन आमाले सबै बच्चाका माथमा।
घरकी मुली आमा नै थिई गर्दछिन् स्याहार ।
गाउँकी प्यारी भाग्य कि हारी उत्कृष्ट व्यवहार ।
navjiwan hospital
पर्दा र मर्दा सहयोग गर्ने सहयोगी सहयोगी ।
आफूलाई पर्दा कोही छैन सहारा वियोगी वियोगी।
भाग्यले हार्‍या कर्ममा जाँगर सन्तानका मायाले ।
कर्मको फल मिल्नेछ हेर ईश्वरका छायाले ।
भोक र तिर्खा नमानी लाज कर्म नै पुज्ने ।
धन्य हो आमा धन्य छ आज सबैलाई बुझ्ने ।
सत्यको बाटो सत्यको साथ सत्कर्म गर्दछिन्।
रामकाे जाप रामकाे शरण दिनरात पर्दछिन्।
कवि कृष्ण सिंह धामी कुशेश्वर माध्यमिक विद्यालय रामेछापका शिक्षक हुन्।