जीवन भनेको नदी हो बगिरहने
सपना र सङ्घर्षले भरिरहने।


घाम छाया सँगै लागिरहन्छ ,
आशाले मुटु सधैँ जागिरहन्छ।
कहिले हाँसो कहिले आशु बग्छ,
सपना पुरा गर्न मन कहाँ थाक्छ।
पाइला पाइला अनुभव बन्छ,
सम्झनामा सुन्दर पानाहरू लेखिन्छ।
साँचो माया साथ र भरोसा,
जीवन बनाउँछ मिठो कविताको जस्तै कुरा।
हारमा पनि जितको रस भेटिन्छ,
मनदेखि बाँच्दा, हर दिन नयाँ सन्देश लेखिन्छ।
कवि आस्था कार्की कैलाली बहुमुखी क्याम्पसकी विद्यार्थी हुन् ।




















