बिहानको चिसो हावासँगै
झोलामा किताबको संसार बोकेर

आँखा सपनाले भरिएको
पाइलामा भविष्यको खोज लिएर
विद्यालयतर्फ हिंडछु म – एक विद्यार्थी।
घामले पोल्छ, वर्षाले भिजाउँछ
तर बाटो कहिल्यै रोकिँदैन
ज्ञानको दीप बाल्ने तृष्णाले
थकाइ कहिल्यै हराउँदैन।
कक्षामा शिक्षाको शब्द

जस्तो सुनिन्छ, अमृत जस्तो लाग्छ
साथीहरूको हाँसो र खेल
जीवनलाई रङ्गिन बनाउँछ।
परीक्षाको डर, सफलताको चाहना
आशा र सङ्घर्षको सङ्गम
विद्यार्थी जीवन
जसले सिकाउँछ परिश्रम, धैर्य र आत्मविश्वासको धर्म।
र एक दिन, यी पाना र कलमका साक्षीले
मेरो सपना पुरा भएको देख्नेछन्
किनकि म- एउटा विद्यार्थी
भविष्य निर्माण गर्ने अद्भुत यात्रामा छु।
कवि विशाल सिंह धामी महेन्द्र नमुना माध्यमिक विद्यालय दार्चुलाका विद्यार्थी हुन्।


















