खाेज्नुहाेस

मान्छे

Image

लाग्न त मलाई लाग्छ हामी मान्छे खास हौँ

हो लाग्न त मलाई लाग्छ हामी मान्छे खास हौँ ।

attariya hospital

तिमीलाई पनि त्यस्तै लाग्छ होला

हामी मान्छे नै श्रीष्ट्टिको जवाफ हौँ ।

तर जब यथार्थता र सत्य छर्लङ्ग देखिन्छ नि

तब लाग्छ आफू सर्वश्रेष्ठ ठान्ने हामी मान्छे बकवास हौँ ।

navjiwan hospital

तिमी र म त सिर्फ

चलाखहरूले बनाएको

स्वार्थीहरूले उडाएको

देश धर्म जात र अर्थको दास हौँ

टुलुटुलु हेरेर बस्ने जिउँदो लास हौँ ।

अझै हामीलाई लाग्छ हामी मान्छे खास हौँ ।

कवि रुविना बिष्ट दार्चुला बहुमुखी क्याम्पसकी विद्यार्थी हुन्