खाेज्नुहाेस

बहुविवाह मुद्दामा एक वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ 

Image
सांकेतिक फोटो
अत्तरिया – कञ्चनपुर र अछामबाट बहुविवाह मुद्दामा एक वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् ।
attariya hospital
navjiwan hospital
जिल्ला अदालत कञ्चनपुरको २०७५ भाद्र २४ गतेको फैसला अनुसार बहुविवाह मुद्दामा १ वर्ष कैद सजाय र ५ हजार  जरिवाना तोकिएका भीमदत्त नगरपालिका – २ उल्टाखाम ४० वर्षीय शंकर दत्त जोशी पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार घरबाटै पक्राउ गरेको हो ।
यस्तै जिल्ला अदालत अछामले २०८१ असार १५ गते बहुविवाह मुद्दामा १ वर्ष कैद सजाय र १० हजार जरिवाना तोकिएका ढकारी गाउँपालिका – ३ का २८ वर्षीय बम बहादुर बिक पक्राउ परेका छन् ।
उनलाई प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मंगलबार मंगलसैन नगरपालिका – ५ मंगलसैन बजारबाट पक्राउ गरेको  हो ।