रातिको अन्धकार भित्र पनि उज्यालोको आस खोज्दैछु म,
आफ्नै फुटेको मन भित्र हराएको सास खोज्दैछु म ।
बुनिएका सपना बिलाइसके क्षणिकताको सागर भित्र,
धोकेबाज यो संसारमा बचेको विश्वास खोज्दैछु म ।
रातिको अन्धकार भित्र पनि उज्यालोको आस खोज्दैछु म।
मनका पीडा बुझ्ने कोही भेटिएन यो मतलबी दुनियामा,
अब म जस्तै पल–पल मरेको जिउँदो लास खोज्दैछु म।
आफ्नै फुटेको मन भित्र हराएको सास खोज्दैछु म ।
बीए, एमए र पिएचडीगरीबसेका त धेरैहोलान् मेरो देशमा,
तर मानवताको परीक्षामा पास खोज्दैछु म ।


धोकेबाज यो संसारमा बचेको विश्वास खोज्दैछु म ।
भित्र–भित्रै जली मर्नेहरूको लाइन छ हाम्रैअघि–पछाडि,
समय सँगै भावनाको कदर गर्ने देवदास खोज्दैछु म।
रातिको अन्धकार भित्र पनि उज्यालोको आस खोज्दैछु म।
के पाउँछन्होला अरूको दुखमा रमाइबस्नेहरू,
सबैको मन–मनमा शान्तिको वास खोज्दैछु म।
धोकेबाज यो संसारमा बचेको विश्वास खोज्दैछु म।
जीवनको अस्तित्व नैमेटाइसक्योयो पापी समाजले,
अब केवल भगवान रामजस्तै १४ वर्षे वनवास खोज्दैछु म ।
– मोहित भट्ट, दार्चुला


















