कञ्चनपुर – कञ्चनपुरमा महाकाली नदीमा बगेर २ बालिका बेपत्ता भएका छन् । आइतबार दिउँसो साढे १ बजेतिर नदीमा नुहाउने क्रममा भीमदत्त नगरपालिका– ११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त बेपत्ता भएका हुन ।

बेपत्ता बालिकाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त टोलीले खोजिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहराले बताए ।



















