खै म कस्तो हुनुपर्ने, बादल जस्तै
जुन बिना रोकटोक उडिरहन्छ आकाशमा ।


म कस्तो हुनुपर्ने, पानी जस्तै
जुन बगीरन्छ पहाड अनि खोला भई ।
म कस्तो हुनुपर्ने, हावा जस्तै

जसले छुन्छ सबैलाई तर देख्दैन कसैले ।
म कस्तो हुनुपर्ने, फुल जस्तै
जसले फैलाउँछ सुगन्ध सबैमा।

म कस्तो हुनुपर्ने, सूर्य जस्तै
जसले दिन्छ सारा जगतलाई जीवन ।
म कस्तो हुनुपर्ने, जुन जस्तै
जसले दिन्छ अन्धकारमा पनि उज्यालो ।
खै म कस्तो हुनुपर्ने ?
कुन पहाड पुग्नुपर्ने कुन आकाश छुनुपर्ने ।
कति आँसु बगानुपर्ने, कति पिडा भोक्नुपर्ने ।।
कसले भन्देला खै म कस्तो हुनुपर्ने ?
कवि: सम्झना धामी
विद्यार्थी, दार्चुला बहुमुखी क्याम्पस
















