खाेज्नुहाेस

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

Image
navjiwan hospital

महेन्द्रनगर– शारदा ब्यारेजमा पुनः चारपांग्रे सवारी साधन आवागमनमा रोक लगाईएको छ । कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाईएको हो ।

महाकालीमा पानीको बहाव १ लाख ३० हजार क्युसेक पुगेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्नेबित्तिकै चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाइने गरिन्छ । महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ ।

attariya hospital