खाेज्नुहाेस

महाकालीमा पानीको बहाव घट्यो, सवारी आवागमन सुचारु 

Image

कञ्चनपुर – महाकाली नदीमा पानीको बहाव घटेपछि शारदा ब्यारेजको पुल चारपाङ्ग्रे सवारीसाधनका लागि खुला गरिएको छ । मंगलबारदेखि नदीमा पानीको बहाव बढेपछि चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको हो ।

navjiwan hospital

बिहीबार ११ बजेपछि शारदा ब्यारेजको पुल चारपाङ्ग्रे सवारीसाधनका लागि खुला गरिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । ११ बजेको मापनअनुसार महाकालीमा पानीको बहाव ८६ हजार ८७४ क्युसेक रहेको छ ।

attariya hospital

महाकालीमा पानीको बहाव १ लाख क्युसेक पुगेपछि पुलमा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ ।