खाेज्नुहाेस

गजल

Image
रहर गर्न मिल्छ ,रहरकै लागि जन्मेको हुँ
के सपना तिम्रो पेवा हो? आँखा जुधाई भनेकै हुँ ।
attariya hospital
सक्छौ दुनियाँ बनाऊ,सक्छौ जगत् बनाऊ
उपरखुट्टी लगाई कुरा के बनाउँछौ?,औला ठड्याई भनेकै हुँ ।
कतिखेर ढल्छ,कतिखेर गल्छ यो सत्ता र शक्ति
मेरो अगाडी घमण्ड के गर्छौँ ? शिर उठाई भनेकै हुँ।
फोडेर होइन जोडेर बन्छ,आकार बेकारको
navjiwan hospital
बरु गर सलामी,गुलामी के गर्छौ ? पिर नलुकाई भनेकै हुँ ।
दुनियाँ फगत तिम्रो मात्र होइन,दुनियाँको पनि त हो
तिमि पनि त दुनियाँ नै हौ ? के गर्छौ छाती ठड्याई भनेकै हुँ ।
रहर गर्न मिल्छ ,रहरकै लागि जन्मेको हु
के सपना तिम्रो पेवा हो ? आँखा जुधाई भनेकै हुँ ।
 दशरथ ओझा
गोदावरी ०४ बसन्तपुर
गजलकार ओझा समैजी माद्यमिक विद्यालय गोदावरी नगरपालिका ०८,मजगाउँ कैलालीका शिक्षक हुनुहुन्छ ।