खाेज्नुहाेस

उत्तराखण्डको बाढीमा परेका ८० जनाको उद्धार, अझै सय जना बेपत्ता

Image

भारतको उत्तराखण्डमा मंगलबार दिउँसो आएको बाढीमा परेर चार जनाको मृत्यु हुनुका साथै सैनिक जवानसहित एक सय मानिस बेपत्ता भएको प्रारम्भिक रिपाेर्ट सार्वजनिक भएको छ । उत्तराखण्डको खीरगंगा नदीमा वर्षापछि अचानक बाढी आउँदा धराली बजारका घर, होटल तथा मन्दिरहरूसँगै त्यहाँ रहेका मानिसहरु बगेका थिए ।

दिउँसो करिब साढे एक बजेतिर आएको उक्त बाढीमा परेर चार जनाको तत्काल मृत्यु भएको थियो । बाँकी ठूलो संख्यामा मानिसहरू बेपत्ता भएको अनुमान गरिएको थियो । हालसम्म अद्यावधिक भएको रिपोर्टअनुसार बेपत्ता हुनेको संख्या एक सय रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

add everest academy
attariya hospital
navjiwan hospital

बेपत्ता हुनेहरूमा १० जना सैनिक जवान पनि रहेका छन् । उनीहरू हर्सिलको तल्लो क्षेत्रमा रहेको सशस्त्र बलको क्याम्पमा बसेका बेला बाढी आएको थियो । त्यस्तै बेपत्ता हुनेमा स्थानीयहरूसँगै पर्यटक पनि हुन सक्ने अनुमान गरिएको छ ।

मंगलबार दिउँसोदेखि नै उद्धार कार्य जारी रहेको थियो । यद्यपि, भारी वर्षाका कारण हेलिकोप्टर र सैनिक जान कठिन भइरहेको थियो । साँझ परेका कारण उद्दारमा कठिन भएको उत्तराखण्डका मुख्यमन्त्री पुष्कारसिंह धामीले बताएका छन् । कठिनाइका बाबजुद ८० जनाको उद्धार गरिएको धामीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

सम्बन्धित समाचार : उत्तराखण्डमा बादल फाट्दा भयावह बाढी, दर्जनौ बेपत्ता (भिडियो)  

attariya technical collage