उत्तरकाशी – भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लामा मंगलबार बादल फाट्दा भएको भयावह घटनापछि ठूलो विनाश भएको छ । गंगोत्री मार्गस्थित धराली गाउँमा अचानक आएको बाढीले धेरै घर, होटल र होमस्टेहरू बगाएको छ । जिल्ला प्रशासनका अनुसार हालसम्म केही व्यक्तिको मृत्यु पुष्टि भइसकेको छ भने कयौं जना अझै बेपत्ता रहेका छन् ।

उत्तरकाशीका एसडीएम देवानन्दले घटना घटेको पुष्टि गर्दै जिल्लाधिकारी, प्रहरी प्रमुख (एसपी) लगायत सबैजना अधिकारीहरू घटनास्थलमा पुगिसकेका बताए । अहिले उद्धार कार्य चलिरहेको भएकाले घाइते र मृतकको यकिन संख्या भन्न सकिने अवस्था छैन ।

हाल उद्धार कार्य जारी रहेको छ । गाउँका मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ । प्रशासनले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ ।


















