कञ्चनपुर – कञ्चनपुरमा हाइस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सोमबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर नजिक यात्रुवाहक हाइस दुर्घटना हुँदा ९ जना घाइते भएका हुन ।



महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको बागमती प्रदेश–०१०३२ च ३२४१ नम्बरको हाइस विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउने प्रयास गर्दा अनियन्त्रित भई सडक छेउमा पल्टिएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।
घाइतेहरूको झलारीस्थित टी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ ।


















