धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले विक्रम संवत् २०८२ सालको अट्वारी पर्वको सार्वजनिक विदा भदौ ८ गते आइतबार हुने गरी संशोधन गरेको छ ।

सोमबार मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले यस अघि प्रदेश भर सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा साउन २५ गते आइतबारको लागि दिईएको उक्त बिदा भदौ ८ गते आइतबार हुने गरी संशोधन गरेको हो ।


यस्तै सुदूरपश्चिम प्रदेश सरकारले मंसिर १÷२ गते लगानी तथा विकास सम्मेलन गर्ने भएको छ । कार्यकारी समितिको निर्णय प्रस्ताव गरे अनुसार मन्त्रिपरिषद्ले लगानी तथा विकास सम्मेलन मंसिर १ र २ गते गर्ने निर्णय गरेको हो ।

















