खाेज्नुहाेस

तिमी बुझ्ने भइदिनु

Image

भन्छ भन्न त तिमी जस्तै काली मनपर्छ

ती ओठमा अलिअलि लाली मनपर्छ।

attariya hospital

अलि मोटी अलि पातली अलि रिसालु

रिसमा पनि प्यार मिसाउने दिलवालि मनपर्छ ।

अलि गोरी अलि काली गगन तिम्रै हो

यो सारा अस्तित्व अनि कोमल मन तिम्रै हो।

लोकसेवा अनि जिम्मेवारीको भारी बोकेकी छु

पर्खन्छौ भने यो लाली जोवन तिम्रै हो।

हार होस् या जित मैदानमा जानुछ

रोक्दिन पाइला अगाडि पहिचानमा जानुछ।

बाआमाको संघर्ष बुझी अघि बढेकी छु

बन्नु छ एक ज्वाला अनि सानमा जानु छ।

लोकसेवा निजामतीको सपना छ मेरो

तिमी मलाई साथ दिनु अनि बुझ्ने भइदिनु।

मैले गन्तव्य टाढाको राखेकी छु प्रिय

यो लामो यात्रामा तिमी बुझ्ने भइदिनु।

मेरो सपना अनौठा छन् पूरा गर्नुछ मैले

बेग्लै जिन्दगी बनाउनु छ तिमी बुझ्ने भइदिनु।

हेर यात्रा कठिन हुनेछ मसँगको गन्तव्य सम्म।

व्यवहारको राम्रो हुनु मलाई बुझ्ने भइदिनु।

तिम्रो सफलताले तिमी आफ्नो सपना पूरा गर्नु

मेरो सफलतामा मैले धेरै गर्नु छ तिमी बुझ्ने भइदिनु।

तिमी गुणको राजा सुनको मोल कहिले नगर्नु

सफर लामो छ हाम्रो तिमी बुझ्ने भइदिनु।

मिल्छ भने खुसी तिमीलाई टाढा भइदिउँला

सक्छौ भने भुल्न मलाई टाढा भइदिउँला।

मैले गर्दा तिम्रा खुसी हराउँदैछन् भने

सम्झाउँदै आफैलाई टाढा भइदिउँला।

यही हो जिन्दगी आखिरी बुझिदिउन आमा

पर्खाइमा छु सफलताको खातिर बुझिदेउ न आमा।

नभन्नु न ए आमा पराई घर जाउ छोरी

navjiwan hospital

संघर्षको मैदानमा छ तकदिर बुझिदेउ न आमा।

तिमी बाहेक बाँकी दुनियाँले त मनको पीडा कहाँ बुझ्छ

तिमी त मनभित्रको पिर बुझिदेउ न आमा।

पहिचान बनाई गन्तव्यलाई अंगाली छोड्नेछु

आए पनि लाखौं भीर बुझिदेउ न आमा।

केही गरी जिन्दगीलाई सफल पार्न देउ

झुक्न दिन्न तिम्रो शिर बुझिदेउ न आमा।

चोरिएला त्यो मन सम्हालेर राख

यो मायाको गगन सम्हालेर राख।

म त चोर हुँ फेरि चोर्न सिपालु

त्यसैले त झन् सम्हालेर राख।

सबै मिली देश बचाउ युवा जाग्नुपर्छ

देशमा बस थोरै कमाउ युवा जाग्नुपर्छ।

भ्रष्टाचारले खोक्रो भएको छ मेरो मुलुक

विकृति सबै हटाउ युवा जाग्नुपर्छ।

पर्खी बस्नु फर्की आउँला भनेका छन् उनले

जुगजामी पिरती लाउला भनेका छन् उनले।

लोकसेवाको भारी बोकी सहर छिरेका छन्।

सफलतापछि सँगै जिउला भनेका छन् उनले।

आउन आए सहर तर सपना दाउमा राख्या छु।

खेतबारी जे छ साहुको नाउँमा राख्या छु।

धेरै कठिन भयो यात्रा गर्न बिरानो ठाउँमा

मेरो मनमुटु सबै गाउँमा राख्या छु।

मेरी आमा फर्की आउँछु पर्खी बस ल

तिम्रा लागि खुसी ल्याउँछु पर्खी बस ल।

चुहिने छानो पुरानो चोली नयाँ फेर्नु छ।

गाउँमा एउटा घर बनाउँछु। पर्खी बस ल।

मलाई आश छ म गन्तव्य भेट्नेछु

आफैमा विश्वास छम गन्तव्य भेट्नेछु।

म चट्टानसँग पनि खेल्दैछु सफलताको खेल

अनौठो अभ्यास छ म गन्तव्य भेट्नेछु।

कवि: संगीता धामी

विद्यार्थी, सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस