खाेज्नुहाेस

महाकालीमा पानीको बहाब बढेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक 

Image

कञ्चनपुर –  कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवजवाजतमा रोक लगाइएको छ ।

लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि  चारपाङ्ग्रे सवारी साधनमा रोक लगाइएको हो ।

add everest academy
attariya hospital
navjiwan hospital

महाकाली नदीमा पानीको बहाब एक लाख क्युसेक पुगेपछि चारपाङ्ग्रे सवारीमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।

उनका अनुसार सोमबार बिहान ८ बजे महाकाली नदीमा पानीको बहावले एक लाख नौ हजार नौ सय ८० क्यूसेक नाघेपछि आवागमनमा रोक लगाइएको थियो ।

attariya technical collage