
कञ्चनपुर– कञ्चनपुरको सीमा क्षेत्रबाट ७८ लाख नगद नेपाली रुपैया सहित एक जना भारतिय युवक पक्राउ परेका छन । कञ्चनपुरमा रहेको नेपाल भारत सीमा क्षेत्र बनबासाबाट ७८ लाख नेपाली रुपैया सहित भारतको चम्पावतका ३२ वर्षिय सलमान अन्सारी पक्राउ परेका हुन ।
उनलाई ५७ बाहिनी सशस्त्र सीमा सुरक्षा बल बनबासाले सीमाक्षेत्रबाट पक्राउ गरेको हो । सोधपुछका क्रममा अन्सारीले सो रकम कुनै व्यक्तिलाई दिन गईरहेको भन्ने बयान दिएको एसएसबीले बताएको छ ।


















